भूकम्पको क्षतिको प्रारम्भिक विवरण : ५ घरमा समान्य क्षति  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

भूकम्पको क्षतिको प्रारम्भिक विवरण : ५ घरमा समान्य क्षति 


५ कार्तिक २०८०, आइतबार


तस्बिर : फेसबुक बाट

काठमाडौँ । आज बिहान धादिङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण केही घरमा समान्य क्षति भएको छ । 

प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार ५ वटा घरमा समान्य क्षति भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु भनिएको ज्वालामुखी गाउँपालिकाको वडा नं. ५ र ७ का ५ घरमा सामान्य क्षति भएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । उनका अनुसार वडा नं. ५ मा ४ वटा घरमा क्षति पुगेको र पहिरो समेत गएको छ भने वडा नं. ७ मा एउटा घरमा क्षति पुगेको छ । 

क्षति हुनेमा कच्चि घर रहेका छन् । जिल्ला प्रशासनले क्षतिको विवरण लिने क्रम जारी छ । 

अहिलेसम्म कुनै मानवीय क्षति नभएको उनले बताए । उद्धारका लागि सुरक्षाकर्मी तैनाथ अवस्थामा राखिएको उनले जानकारी दिए । बिहान धादिङ, ज्वालामुखी-५ खरी केन्द्रबिन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो नयाँ भूकम्प नभई गोरखाको बारपाक केन्द्रबिन्दु गरी गएको भूकम्पकै परकम्पको निरन्तरता हो।

Tags :
प्रतिक्रिया दिनुहोस