बुटवलमा एक हजार सवारी साधानमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बुटवलमा एक हजार सवारी साधानमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान


५ कार्तिक २०८०, आइतबार


लुम्बिनी । बुटवलमा सवारी साधनको अभिलेख केन्द्रिकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’  जडान थालिएको वर्षदिन बितिसकेको छ तर यहाँका सवारीधनीमा यसप्रति खासै रुची नभएको देखिएको छ । 

सरकारले २०७४ भदौ देखि केन्द्रमा सुरु गरेको ‘इम्बोस्ड नम्बर प्लेट’  जडान बुटवलस्थित यातायात कार्यालयमा गत वर्षदेखि लागू भएको हो । 

हालसम्म एक हजार ५२ वटा सवारी साधनमा मात्रै ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरिएको छ । 

यातायात कार्यालय बुटवलका अनुसार र हालसम्म पाँचसय १५ सरकारी मोटरसाइकल र एकसय ४६ वटा चार पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ ।  

दुई सय ५६ वटा निजी मोटरसाइकल र एक सय १२ वटा चार पाङ्ग्रे सवारी, आठ वटा ट्याक्टर, भाडाका पाँच र दश  वटा भारी सवारी साधनले ‘इम्बोस्ड नम्बर प्लेट’ लिएका छन् । 

केन्द्रीय यातायात व्यवस्था विभागले सबै प्रदेशमा एकै पटक बोलपत्र आह्वान  गरेर नम्बर प्लेट जडान गर्न कर्मचारी खटाएको छ । 

यातायात कार्यालय बुटवलका प्रमुख लक्ष्मण लम्सालले ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बापतको राजश्व पनि विभागको खातामा दाखिला हुने गरेको  बताए  । 

निजी सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएकाले यसप्रति खासै रुची नभएको उनको बुझाइ छ । 

‘इम्बोस्ड नम्बर प्लेट’ राख्न मोटरसाइकललाई रु. दुई हजार पाँच सय, तीन पाङ्ग्रे सवारीलाई रु. दुई हजार नौ सय, चार पाङ्ग्रे सवारीलाई रु. तीन हजार दुई सय र हेभी सवारीलाई रु. तीन हजार ६ सय राजश्व तोकिएको छ । 

एघार जना कर्मचारीले ‘इम्बोस्ड नम्बर प्लेट’सम्बन्धी सेवा प्रवाह गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस