२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग इंग्ल्यान्ड २२९ रनले पराजित 

अ+ अ-

काठमाडौँ । आइसिसी एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई २२९ रनले पराजित गरेको छ।

शनिबार मुम्बईको वांखडे स्टेडियममा जारी खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई २२९ रनले पराजित गरेको हो।

दक्षिण अफ्रिकाले ४०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड २२ ओभरमा १७० जोडेर अलआउट भएको हो।

इंग्ल्यान्डका लागि मार्क वुडले सर्वाधिक ४३ रन बनाए।

गस एट्किन्सनले ३५ रन, हेरी ब्रुकले १७, जोस बट्लरले १५, डेभिड विलीले १२, एडिल रशिद र जोनी बैरस्टोले १०/० रन बनाएका थिए। अरू एक अंकको रन बनाएर आउट भएका थिए।

बलिङतर्फ दक्षिण अफ्रिकाका जेराल्ड कोइत्जीले तीन विकेट, लुंगी गिदी, मार्को जेनसेनले दुई/दुई विकेट, काजिसो राबादा र केशव महाराजले १/१ विकेट लिएका थिए।

हेनरिच क्लासेनको शतकमा दक्षिण अफ्रिकाले इंग्ल्यान्‍डसामु विशाल लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो। क्लासेनले ६७ बलमा १०९ रन बनाएका छन्। जसमा १२ चौका र ४ छक्का प्रहार गरे। उनी यस खेलका प्लेयर अफ द म्याच बनेका छन्।

रिजा हेन्ड्रिक्सले पनि ८५ रन जोडेका छन्। उनले ७५ बलमा उक्त रन बनाएका हुन्। उनले ९ चौका र ३ छक्का प्रहार गरे।

यस्तै मार्को जेनसेनले अविजित रही ४२ बलमा ७५ रन र रासी भान डेर डुसेनले ६१ बलमा ६० रन बनाए। एइडन मारक्रम ४२ रन बनाएर आउट भएका थिए। अन्य खेलाडीहरूले दुई अंकको रन बनाए।

बलिङतर्फ इंग्ल्यान्डका लागि रिस टप्लेले तीन विकेट, गस एट्किन्सन र अदिल रसिदले २-२ विकेट लिएका हुन्।

दक्षिण अफ्रिका अंक तालिकामा ६ अंकसहित तेस्रो स्थानमा छ। दक्षिण अफ्रिकाले एक खेल नेदरल्यान्ड्ससँग पराजय भोगेको छ। अस्ट्रेलिया र श्रीलंकालाई पनि दक्षिण अफ्रिकाले पराजित गरेको छ।

यस्तै इंग्ल्यान्ड नवौं स्थानमा छ। इंग्ल्यान्डले बंगलादेशलाई मात्रै पराजित गरेको छ। अफगानिस्तान र न्युजिल्यान्डसँग पनि पराजित भइसकेको छ।

प्रतिक्रिया दिनुहोस