विश्वकप क्रिकेटमा श्रीलङ्काको पहिलो जित  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विश्वकप क्रिकेटमा श्रीलङ्काको पहिलो जित 


४ कार्तिक २०८०, शनिबार


काठमाडौँ । भारतमा जारी विश्वकप क्रिकेटमा श्रीलङ्काले पहिलो जित दर्ता गरेको छ। भारतको लखनउमा आज सम्पन्न  खेलमा श्रीलङ्काले नेदरल्याण्ड्सलाई ५ विकेटबाट हराउँदै जारी खेलमा पहिलो जित दर्ता गर्न सफल भएको हो। ४ खेलपछि श्रीलङ्काले पहिलो जित दर्ता गर्दै २ अङ्क बटुलेको छ।

यस अघि नेदरल्याण्ड्सले पहिला ब्याटिङ गर्दै ४९ दशमलव ४ ओभरमा २६२ रन बनाउँदा सबै विकेट गुमायो। जवाफमा श्रीलङ्काले ४८ दशमलव २ ओभरमा ५ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्‍यो।  

श्रीलङ्काको लागि सबै भन्दा बडी सदीरा समराविक्रमाले ९१ रन बनाए। त्यसैगरी पथुम निसंकाले ५४ रन,चरिथ असलंकाले ४४ रन तथा धनंजय डीसिल्वाले ३० रन बनाए।  

नेदरल्याड्सका लागि आर्यन दत्त१० ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए। त्यसैगरी पॉल वैन मीकरेन र कॉलिन ऐकरमैनले एक एक विकेट लि ।  

नेदरल्याड्सको पालीमा साइब्रैंड एंगलब्रेख्तले सबै भन्दा बडी ७० रन बनाए । त्यसैगरी लोगन वैन बीकले ५९ रन , कॉलिन ऐकरमैनले २९ तथा मैक्स ओुडाउड र कप्तान स्कॉट एडवर्ड्सले  १६ र१६ रन बनाए।

श्रीलङ्काको लागि दिलशान मदुशंका र  कसुन रजिताले चार चार विकेट लिए। 

Tags :
प्रतिक्रिया दिनुहोस