२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालमा ६ महिना भित्र स्वास्थ्यमा दरबन्दी थप हुन्छ, डाक्टर अभाव हुन दिन्नौँ : स्वास्थ्य मन्त्री

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ६ महिना भित्र स्वास्थ्य क्षेत्रमा दरबन्दी थप गरी अस्पतालमा स्वास्थ्यकर्मी र डाक्टर अभाव हुन नदिने बताएका छन्।

शनिबार बागलुङ नगरपालिकाले आयोजना गरेको स्वागत तथा शुभकामना आदान प्रदान तथा धौलागिरि अस्पताल बागलुङलाई डायलाइसिस मेसिन हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी थप नभएका कारण देशैभरका अस्पताल र स्वास्थ्य संस्थामा डाक्टर र स्वास्थ्यकर्मीको अभाव रहेको बताए।

‘म २०५८ सालमा स्वास्थ्यमन्त्री बनेको थिएँ, त्यतिबेला ३१ हजार दरबन्दी थियो,’उनले भने,‘अहिले त झन् घटेर २९ हजार भएको रहेछ। दरबन्दी नहुँदा जनशक्ति अभावको समस्या सबैतिर अस्पताल र स्वास्थ्य संस्थाहरूमा छ। अब ६ महिना भित्र दरबन्दी थप गर्नका लागि आवश्यक पूर्व तयारी सक्छौँ र जनशक्ति पूर्तिको काम गर्छौँ।’ उनले अर्थ मन्त्रालयबाट स्वीकृत लिएर अस्थायी दरबन्दी सिर्जना गर्ने काममा लागेको बताए।

‘स्वास्थ्यको बजेट एकदमै कटौती गरेको छ, मैले बारम्बार अर्थमन्त्री, सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेटेर स्वास्थ्य क्षेत्रमा दरबन्दी नहुँदा एकदमै बेहाल छ, यो दरबन्दी थप गर्नैपर्छ भनेपछि थप हुने प्रक्रियामा छ,’ उनले भने,‘हामीले त्यसबाट जनशक्ति अभाव भएका ठाउँहरूमा पठाउँछौँ।’

उनले केही स्वास्थ्य सामग्री र उपकरणहरू खरिदको प्रक्रियामा गएकाले आवश्यकता हेरेर उपलब्ध गराउने बताए। ‘आवश्यकता त धेरै छन्, हामीले स्वास्थ्य सामग्री र उपकरणहरू खरिदका लागि टेन्डर प्रक्रियामा पनि गएको छ,’ उनले भने,‘मागे जति सबै त पुर्‍याउन सकिन्न। आवश्यकता हेरेर केही सामानहरू बागलुङमा पनि आउनेछ।’ अहिले स्वास्थ्य मन्त्रालयले ठुला उपकरणहरू किन्न भने रोकेको उनले बताए। ‘कमिसनका लागि ठुला उपकरणहरू किन्ने, नयाँ लैजाने पुरानो प्रयोग विहीन बनाउने चलन बढेको छ,’उनले भने,‘अहिले त्यसलाई हामीले रोकेका छौँ। माग र आवश्यकताको आधारमा खरिद हुन्छ।’

उनले धौलागिरि अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेजको रूपमा अगाडि बढाउन सकिने भन्दै त्यस भन्दा अगाडि अस्पताल बलियो हुनुपर्नेमा जोड दिए। उनले अहिलेको चिकित्सा शिक्षा ऐन पनि परिवर्तनका लागि मन्त्रालयले काम गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस