काँग्रेसले गर्‍यो जग्गा फुकुवाबारे सरकारको निर्णयलाई स्वागत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसले गर्‍यो जग्गा फुकुवाबारे सरकारको निर्णयलाई स्वागत


४ कार्तिक २०८०, शनिबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले गरेको जग्गा फुकुवासम्बन्धी निर्णयलाई नेपाली काँग्रेसले स्वागत गरेको छ ।

नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै तीन वर्षदेखि रोक्का जग्गा फुकुवा गरेकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्दै निर्णयको स्वागत गरेका हुन् ।

यो निर्णयसँगै लुम्बिनी प्रदेश सरकारले आफूलाई स्थानीय विकास, समृद्धि, जनजीविका र आवश्यकताकाप्रति सचेत र जबाफदेही रहेको प्रमाणितसमेत गरेको उनले बताएका छन् ।

‘यथाशक्य छिटो राजधानी व्यवस्थापनका सम्पूर्ण प्राविधिक पक्षहरूका साथ कित्ताकाट समेतको जग्गा फुकुवा गर्ने कार्यको पूर्णता दिन अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारका मुख्यमन्त्री माननीय डिल्लीबहादुर चौधरीज्यू, माननीय मन्त्रीज्यूहरू लगायत सम्पूर्णमा नेपाली काँग्रेस क्षेत्र नं १ दाङ हार्दिक आभार व्यक्त गर्दछ ।’

२०७७ असोज १६ गते तत्कालीन सरकारले १४ वटा वडाको करिब दश हजार बिगाह जग्गा रोक्का राख्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस