मकवानपुर राजस्व कार्यालयद्वारा साढे ६ अर्ब बढी असुली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मकवानपुर राजस्व कार्यालयद्वारा साढे ६ अर्ब बढी असुली


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ६० करोड ८८ लाख २२ हजार  राजस्व असुली गरेको छ। 

उक्त कार्यालयले अन्तः शुल्कतर्फ तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार र मूल्य अभिवृद्धि करतर्फ एक अर्ब नौ करोड पाँच लाख १९ हजार सङ्कलन गरेको छ।

यसैगरी, आयकरतर्फ एक अर्ब १० करोड ६५ लाख ४७ हजार राजस्व असुली भएको छ भने दुई करोड ५१ लाख ६१ हजार बहाल कार, ब्याज करमा छ करोड ३५ हजार, स्वास्थ्य सेवा करमा ६६ करोड ४० लाख ७५ हजार र शिक्षा सेवाकरबापत सात हजार मात्र असुली गरिएको सो कार्यालयले जनाएको छ।

अघिल्लो आव २०७८/७९ को तुलनामा यसवर्ष २०७९/८० मा वार्षिक लक्ष्यभन्दा ३३ करोड १४ लाख ४० हजार राजस्व थप सङ्कलनमा वृद्धि भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।  

कार्यालयका अनुसार सङ्कलित राजस्वमध्ये हेटौँडा औद्योगिक क्षेत्रका विभिन्न उद्योग, शिवम् सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट उद्योग, विभिन्न निर्माण आयोजना र व्यापारीबाट राजस्व सङ्कलनमा उल्लेखनीय सुधार भई राजस्व असुलीमा निकै तीव्रता ल्याइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस