बिरामी पर्यटकको उद्धार « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बिरामी पर्यटकको उद्धार


३ कार्तिक २०८०, शुक्रबार


किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिका-२ थुदामबाट एक विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भोटखोला-२ थुदाममा बिरामी परेका क्यानडाका डानियल पिटर ग्रेलाई शुक्रबार हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक धनश्याम श्रेष्ठले जानकारी दिए । 

बिरामी परेका क्यानडाका नागरिकलाई कैलास एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि स्थानीय र प्रहरीको सहयोगमा हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको उनले बताए ।

डानियल एक दिनअघि भोटखोलाको थुदाम पुगेका थिए। विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आएका उनका साथमा कति जनाको समूह थियो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस