धनुषाबाट १० जना सडक मानवको उद्धार  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धनुषाबाट १० जना सडक मानवको उद्धार 


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । धनुषाबाट १० जना सडक मानवको उद्धार गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाबाट ७ जना र मिथिला नगरपालिकाबाट ३ जनाको उद्धार गरिएको हो ।

बिरामी, मानसिक रोगी, अशक्त, बोल्न नसक्ने तथा फरक क्षमता भएर घरपरिवारबाट विस्थापित भइ सडकमा अलपत्र परेर कष्टकर जीवन व्यथित गरिरहेका मानवहरूको उद्धार गरी जनकपुर मानव सेवा आश्रममा राखिएको छ ।

धनुषामा सडक मानव उद्धारका लागि मानव सेवा आश्रमका सञ्चालक रामजी अधिकारी, जनकपुरधामका मेयर मनोज साह, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डे, प्रहरी उपरीक्षक विश्वराज खड्का, समाजसेवी पवन सिंहानिया, सामाजिक अभियन्ता प्रकाश थारु लगायतको टोलीले उनीहरूको उद्धार गरेका हुन् ।

मानव सेवा आश्रमले पटक पटक सडकमा अलपत्र परेका मानवहरूको उद्धार गरी जनकपुरधाम तथा वीरगञ्जको आश्रममा राखेर स्याहार गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस