२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढुक्क भएर दसैँ मनाउन प्रशासनको आग्रह, सुरक्षाका लागि प्रहरी गस्ती

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको तीन जिल्लाको कमान्ड गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ढुक्क भएर चाडपर्व मनाउन सबैमा आग्रह गरेको छ । 

दसैँ, तिहार, नेपाल सम्मत र छठ पर्वको अवसरमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले मातहतका कार्यालयहरूको समन्वयमा संयुक्त रूपमा तयार पारेको सुरक्षा योजना अनुसार जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । प्रविधिसमेतको उच्चतम प्रयोग गरी प्रभावकारी तवरले प्रहरी जनशक्ति परिचालन गरी समाजमा शान्ति, सुरक्षा, अमय चयन कायम गरिएको कार्यालयले जनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीका अनुसार पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालनदेखि ड्रोनसम्मको प्रयोग गरिएको छ । उनले भने, ‘यहाँहरू ढुक्कले चाडपर्व मनाउनुहोस्, प्रहरी त सदैव यहाँहरूको सुरक्षामा छदैँछ नि ।’ कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई खबर गर्न उनले आग्रह गरे ।

कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरी कन्ट्रोल– १००, ०१–४२२८४३५ र ९८५१२८३०२६, ट्राफिक प्रहरी कन्ट्रोल–१०३, महिला तथा बालबालिका खोज तलास केन्द्र, भृकुटीमण्डप –१०४ मा फोन गर्न सकिने छ । चाडबाड लक्षित सुरक्षा योजनामा ७ हजार ६ सय ३३ सुरक्षाकर्मीहरू खटिएका छन् । ५ हजार ८ सय ३३ प्रहरी सुरक्षाकर्मीहरू र १ हजार ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । 

यात्रुहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न ३१ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरू, मल–मार्टहरू र मुख्य–मुख्य नाकाहरूमा आधुनिक प्रविधिका साथै केनाइन कार्यालयबाट तालीम प्राप्त कुकुरबाट चेकजाँच गरिएको छ । 

प्रहरीको १० वुदेँ अनुरोध

१. अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ ।

२. नगद, बहुमूल्य सामान, गर गहना र महँगा मोबाइल फोनसहित भिडभाडमा सकेसम्म नजाऔँ ।

३. घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ ÷ छैन यकिन गरौँ र सकेसम्म साइरन जडित ताल्चा जडान गरौँ ।

४. लामो समय घर पसल छोडी बाहिर जानु परेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्ने गरौँ ।

५. सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्ने गरौँ । आफ्नो मोबाइल बैङ्किङको वन टाइम पासवर्ड(ओटीपी) हरदम गोप्य राखौँ । चेकबाट कारोबार गर्नु पर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्ने गरौँ ।

६. सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य कदापि नगरौँ ।

७. लङ्गुर बुर्जा, तास, जुवा लगायतका हारजित हुने खेल खेल्दा उठिबास हुन सक्नेतर्फ सचेत बनौँ ।

८. मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी कदापि सवारी नचलाऔँ ।

९. ट्राफिक नियमको सदैव पालना गरौँ ।

१०. हर्षोल्लास सहित चाडपर्व मनाऔँ, अपराध कार्यलाई भगाऔँ ।

शान्ति सुव्यवस्था कायम गर्न गस्ती

जिल्ला प्रशासन कार्यालय काठमाडौँले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याएको छ । चाडपर्वको अवसरमा शान्ति सुव्यवस्था कायम गराउँदै सुरक्षा प्रदान गर्नका लागि एकीकृत सुरक्षा योजना ल्याएको हो ।

दसैँ मनाउन काठमाडौँबाट धेरै मानिस बाहिर जाने भएकाले रात्रिकालीन गस्ती समेत गर्ने गरिएको कार्यालयले जनाएको छ । रातको समयमा हिँडडुल गर्नेहरूलाई निगरानीमा राखेर शङ्कास्पद लागेमा सोधपुछ गर्ने र कारबाही गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । 

काठमाडौँ बाहिर जाने यात्रुमा सार्वजनिक यातायातको पहुँच पु¥याउने विषयमा पनि सहजीकरण भइरहेको उनले बताए । दोहोरो टिकट दिने सिट नदिने, ठगी गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिने र कारबाही गर्नुका साथै यात्रुको सहायताका लागि हेल्पडेस्क स्थापना गरेर सहजीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस