पूर्वमुख्यमन्त्री शाहीको दाबी-सुन्दर सिमकोट बनाउन बजेट अभाव हुँदैन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वमुख्यमन्त्री शाहीको दाबी-सुन्दर सिमकोट बनाउन बजेट अभाव हुँदैन


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । कर्णाली प्रदेश सरकार पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले हालको सदरमुकाम सिमकोटलाई व्यवस्थित र सुन्दर बनाउन बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

बडादसैँको अवसरमा सिमकोट गाउँपालिकाले आयोजना गरेको व्यवस्थित सिमकोट बनाउन सरोकारवाला पक्षसँग गरेको सुझाव सङ्कलन कार्यक्रममा प्रदेश सभा ख नम्बर प्रदेशका सदस्यसमेत रहेका शाहीले सो कुरा बताएका हुन्।

उनले उच्च क्षेत्रमा रहेको सिमकोट बजारलाई सुन्दर र व्यवस्थित बनाउनु आजको आवश्यकता रहेको बताउँदै त्यसका लागि आवश्यक पर्ने बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

पर्यटकीय क्षेत्रका रूपमा रहेको उच्च हिमाली सहर निर्माण गर्न धेरै पूर्वाधारको विकास गर्न आवश्यक रहेको बताउँदै यसका लागि स्थानीयले पनि सहयोग गर्नुपर्ने उनले बताए। हाल सिमकोट बजार अव्यवस्थित र टाउन प्लानिङसमेत हुन नसकेको अवस्थामा यसलाई व्यवस्थित गर्न गाउँपालिका बनाउनुपर्ने र आफू स्रोत जुटाउने कामका लागि प्रदेश र संघीय सरकारसँग पहल गर्ने उनले बताए।

सिमकोट बजारमा हाल जथाभाबी घर निर्माण भइरहेको प्रति पनि उनले सुन्दर सहर बनाउनका लागि प्लानिङ आवश्यक रहेको बताए। सिमकोटको हरेक पूर्वाधार विकासमा आफ्नो पनि योगदान रहेको र अब व्यवस्थित सिमकोट बनाउन अझै लाग्ने उनले बताए।

उपाध्यक्ष सुशीला रोकाया भाम, राजनीतिक दलका नेता, सिमकोट गाउँपालिका ५ र ६ नम्बर वडाका अगुवाहरूको उपस्थिति थियो।

Tags :
प्रतिक्रिया दिनुहोस