मुख्य सचिव अर्यालले भने-‘तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्छ’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मुख्य सचिव अर्यालले भने-‘तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्छ’


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । मुख्य सचिव डा. वैकुण्ठ अर्यालले तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उनले  प्रकृति संरक्षणको कुरा सहज नभएकाले तीन तहकै सरकारको समन्वय र सहकार्य हुन जरुरी रहेको बताएका हुन् । 

जैविक विविधताले भरिपूर्ण देश नेपालमा प्रकृति संरक्षणको कुरा चुनौतीपूर्ण भएको उनको भनाई छ । 

उनले भने, ‘प्रकृति संरक्षण गर्नेकुरा त्यति धेरै सहज कुरा होइन । धेरै थरी विषय गाँसिएका हुन्छन्। यसै पनि जैविक विविधता र अरु प्रकारका विविधताले भरिपूर्ण हाम्रो देश जसमा यो कुरा असाध्यै चुनौतीपूर्ण छ। अहिलेको जलवायु परिवर्तनका चुनौतीसमेत सम्बोधन गर्दै त्यसलाई सामना गर्दै जानुपर्छ। अहिले सङ्घीयतामा गएका छौँ । हिजोको भन्दा अलिकति फरक ढङ्गले पनि जानुपर्ने हुन्छ । प्रकृति संरक्षणमा तीनै तहका सरकार, संघीय, प्रदेश र स्थानीय सरकारका कुरामा सबैसँग समन्वय, सहकार्य गरेर जानुपर्ने र कतिपय कुराहरू उहाँहरूको नीति तथा कार्यक्रममा भएका कुरालाई समेत यसमा समेटेर जानुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस