प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक : आरजु राणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक : आरजु राणा


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताएकी छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै सभापति डा. राणाले जलवायु परिवर्तनले नेपालको जैविक विविधता मात्र नभई विविध क्षेत्रमा असर गरेको र नेपालको प्रकृति र जैविक विविधताका क्षेत्रमा यसको प्रत्यक्ष असर देखिएको बताएकी हुन्।

नेपाली काँग्रेसकी नेतृ  डा. राणाले नेपालको वन वनस्पति, कृषि, प्रकृति, हिमाललगायतका क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असरको प्रभाव मुलुकको अर्थ व्यवस्थामा पनि पर्ने देखिएको भन्दै उनले एसियाली विकास बैंकले समेत गरेको एक अध्ययनले देशको कुल गार्हस्थ्य उत्पादन दुई दशमलव दुई प्रतिशतले घट्ने प्रक्षेपण गरेको दृष्टान्त प्रस्तुत गरिन्।

नेपाल जैविक विविधतामा विश्वमा २७औँ र एसियामा १०औँ स्थानमा रहेको छ। हाल नेपालमा २२ हजारभन्दा बढी वनस्पति र जीवहरू छन्। जुन विश्वमा उपलब्ध जैविक विविधताको  एक दशमलव तीन प्रतिशत हिस्सा हो।

अव्यवस्थित योजना निर्माण, विकास आयोजनाहरूको कमजोर कार्यान्वयन, दिगोपनासहितको मानवीय गतिविधिलगायतका कारणले नेपालले अहिले विश्वव्यापी उष्णताको समस्या झेलिरहेको र नेपालमा अहिले पनि वन विनाशले कृषिलगायतका क्षेत्रमा असर परेको उनको भनाइ छ। उनले वन, जमिन, पानी र वायुका क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।  

Tags :
प्रतिक्रिया दिनुहोस