२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजा चर्चमा भएको इजरायली आक्रमणमा धेरैको मृत्यु भएको छ : हमास

अ+ अ-

गाजापट्टी, प्यालेस्टिनी अधिनस्थ क्षेत्र । बिहीबार अबेर भएको इजरायली हमलामा गाजामा एउटा चर्चमा आश्रय लिएर बसेका थुप्रै विस्थापितहरूको मृत्यु भएको र धेरै घाइते भएको हमास नियन्त्रित आन्तरिक मामिला मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार गाजा सहरस्थित ग्रिक अर्थोडक्स सेन्ट पोरफाइरस चर्चका परिसरमा भएको हमलामा ‘ठूलो सङ्ख्यामा सहित र घाइते’ भएका छन् ।

प्रत्यक्षदर्शीहरूले एएफपीलाई दिएको जानकारीअनुसार प्लालेस्टिनी क्षेत्रमा भएको युद्धपछि थुप्रै गाजाबासीले शरण लिएको चर्चनजिकै लक्षित गरी हमला गरेको देखिन्छ ।

इजरायली प्रतिरक्षा फौज(आईडीएफ) ले इजरायलतर्फ रकेट र मोर्टार प्रक्षेपणमा संलग्न कमान्ड र कन्ट्रोल सेन्टरलाई लक्षित गरी आफ्ना लडाकू विमानले आक्रमण गरेको बताएको छ ।

‘आईडीएफले गरेको हमलाबाट एउटा चर्चको पर्खाल क्षतिग्रस्त भएको छ, हामी हताहतको रिपोर्टबारे सचेत छौँ, घटनाको समीक्षा गरिरहेका छौँ’, आईडीएफले भनेको छ ।

प्रत्यक्षदर्शीहरूले आक्रमणमा चर्चको बाहिरी भाग क्षतिग्रस्त भएको र छेउको एउटा भवन भत्किएको भन्दै घाइते धेरैलाई अस्पताल लगिएको बताएका छन् ।

पोरफाइरस अझै पनि सञ्चालनमा आएको गाजामा सबैभन्दा पुरानो चर्च हो । जेरुसेलमको अर्थोडक्स प्रमुखले आफ्नो चर्च परिसरमा भएको हमलाको ‘कडा निन्दा’ गरेका छन् ।