आज यी तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज यी तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै, आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी , बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तैगरी, राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस