२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक करोड ६३ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

अ+ अ-

लम्की (कैलाली) । कैलालीको लम्की चुहा अस्पताललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य उपकरण मेसिनरी सामग्री हस्तान्तरण गरेको छ । 

मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत अस्पताललाई केन्द्रले सिकलसेल एनोमिया रोग पत्ता लगाउनको लागि रगत परीक्षण गर्ने मेसिनलगायत तीन वटा ल्याबमा आवश्यक पर्ने रु ६२ लाख ९९ हजार सात सय ५० मूल्य बराबरका स्वास्थ्य उपकरण (मेसिनरी सामग्री) आज हस्तान्तरण गरेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक नीरज अर्यालले बताए ।

अस्पतालमा उपकरण जडान भएपछि थारु समुदायका मानिसलाई मात्र लाग्ने सिकलसेल एनोमिया रोगको परीक्षण गर्न अब यस क्षेत्रका सेवाग्राहीलाई सहज हुने भएको छ । “म निर्देशक भएपछि लम्की चुहा अस्पतालको तीन पटक भ्रमण गरेको छु । यहाँका जनप्रतिनिधिको काम गर्ने दृढ इच्छाशक्ति देख्दा एकदमै खुसी भएको छु । माननीय मुख्यमन्त्री कमलबहादुर शाह यसै क्षेत्रको भएका कारण उहाँको  विशेष  पहल र लम्की चुहा नगरपालिकाका नगरप्रमुख लगायतको समूहले गरेको मागको आधारमा उक्त सामग्री हस्तान्तरण गरेका छौँ”, उनले भने, “उपकरण भएर मात्र भएन दक्ष जनशक्ति र उपकरणको सही उपयोग गरी यस क्षेत्रका जनतालाई सेवा दिन सक्नुपर्छ । यस क्षेत्रका जनताले सेवा पाउनेमा हामी ढुक्क छौँ ।”

लम्की चुहा नगरपालिकाले सञ्चालन गरेको लम्की चुहा अस्पताललाई उपकरणका साथै जनशक्तिको अति आवश्यक रहेको अस्पतालका सदस्य सचिव गङ्गाराम उपाध्यायले बताए । त्यसका लागि प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयबाट सहयोग पाउनेमा आफू आशावादी रहेको उनले सुनाए ।

लम्की चुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाहीले स्वास्थ्य सामग्री बुझ्दै सुदूरपश्चिम प्रदेश सरकार र मुख्यमन्त्री कमलबहादुर शाहलगायत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई धन्यवाद दिइन्। 

अस्पतालको विकासको लागि हामी प्रतिबद्ध छौँ नगरप्रमुख शाहीले भने, “स्वास्थ्यभन्दा ठूलो कुरा केही छैन ।” अस्पतालमा दिन प्रतिदिन परिवर्तन पाएका छौँ नगरप्रमुख शाहीले भनिन्, “हामी निर्वाचित भएपछि हाम्रो पहिलो प्राथमिकता स्वास्थ्य नै हो ।”   

अस्पतालमा ब्लड बैङ्कको माग गरेका छौँ। नगरपालिकाबाट रु. ३० लाख बजेट छुट्याएका छौँ । यो वर्षदेखि ब्लड बैङ्क स्थापनाको लागि काम सुरु हुन्छ ।” लम्की चुहा अस्पतालमा दैनिक पाँच सय बढी बिरामी उपचारको लागि आउने गरेको बताउँदै जनशक्ति, भौतिक संरचना र उपकरणको आवश्यक रहेको नगरप्रमुख शाहीले बताइन् । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत कैलालीको लम्की चुहा नगरपालिकामा रहेको लम्की चुहा अस्पतालमा रु. ६३ लाख र बर्दगोरिया गाउँपालिकाको बौनियामा भरखरै सञ्चालनमा आएको दोधारा अस्पताललाई थप प्रभावकारी बनाउन रु. एक करोड बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस