उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि आईसूयीमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि आईसूयीमा


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे पेकिङ युनियन मेडिकल कलेज अस्पतालले शुक्रबार दिउँसो मेडिकल सर्टिफिकेट जारी गरेको छ । श्रेष्ठलाई एक्युट मायोकार्डियल इन्फ्र्याक्स भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा एउटा धमनीमा ब्लकेज रहेको पाइएको अस्पतालले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठको मुटुको बायाँ धमनीमा स्टेनोसिस पनि देखिएको बताएको छ ।

श्रेष्ठमा देखिएको समस्यालाई सम्बोधन गर्न स्टेन्ट राखिएको अस्पतालले बताएको छ । श्रेष्ठलाई अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा राखिएको छ । उनको अवस्था स्थिर र अन्य भाइटल्स समेत सामान्य रहेको अस्पतालले जनाएको छ ।

‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो । चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस