ईपीएस कामदारलाई दक्षिण कोरियाले लगायो झन् कडा नियम « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

ईपीएस कामदारलाई दक्षिण कोरियाले लगायो झन् कडा नियम


२ कार्तिक २०८०, बिहिबार


कोरियन भाषा

काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आउने नयाँ कामदारलाई थप कडा नियम ल्याएको छ ।

बिहीबारबाट लागू भएको नयाँ नियम अनुसार कामदारले तोकिएको क्षेत्रमा मात्रै कार्यस्थल परिवर्तन गर्न सकिन्छ ।

यसअघि ईपीएसमार्फत आएका कामदारले इच्छाएको क्षेत्रमा कम्पनी परिवर्तन गर्न सक्थे । नयाँ नियम अनुसार दक्षिण कोरियालाई पाँच क्षेत्रमा बाडीएको को छ । ख्याङ्गी, सोल र ईन्छन क्षेत्र, बुसान, उल्सान र ख्याङ्नाम क्षेत्र, थेगु, ख्याङबुक र खाङवान क्षेत्र, ख्वाङ्जु, जेजु, छल्ला नाम्दो र छल्लाबुक्दो क्षेत्र, थेजन, सेजोङ, छुङछन नाम्दो र छुङ्छन बुक्दो क्षेत्र गरेर पाँच भागमा बाँडिएको छ । अबदेखि कामदारले आफू आएको क्षेत्रमा मात्रै कार्यस्थल फेर्न सक्नेछन् । यस्तो नियमलाई प्रवासी मजदुर युनियन एमटियूले भने विरोध गरेको छ ।

विदेशी कामदारलाई बढी सुविधा दिनुपर्नेमा झन् कडा कडा नियम ल्याएर बँधुवा मजदुरको रूपमा व्यवहार गर्दै आएको एमटियूले जनाएको छ । पहिलेदेखि नै कार्यस्थल परिवर्तन गर्दा रोजदाताको अनुमति चाहिने गर्दछ । दक्षिण कोरियामा ईपीएसमार्फत झन्डै ५० हजार कामदार काम गरिरहेका छन् । नेपाल, श्रीलङ्का, बंगालादेश लगायत १६ वटा देशबाट कामदार ईपीएसमार्फत कामदार कोरियामा आउँछन् ।

कोरियाली सरकारले गत जुलाईमै यस्तो नियम ल्याउने निर्णय गरेको थियो । मजदुर युनियनहरूको विरोधका कारण सेप्टेम्बरबाट नै लागू गर्ने नियम केही समय रोकिएको थियो । अहिले ईपीएसमार्फत कोरियामा काम गर्ने कामदारको संख्या चार लाखको हाराहारीमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस