विदेशीको इसारामा चलेको भन्नेलाई पुष्टि गर्न रवि लामिछानेको चुनौती « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विदेशीको इसारामा चलेको भन्नेलाई पुष्टि गर्न रवि लामिछानेको चुनौती


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूलाई विदेशीको इसारामा चलेको भन्नेहरूलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

काठमाडौँ २ को क्षेत्रीय भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले आफूहरूलाई आरोप गाउनेहरूसँग खुला बहस गर्न तयार रहेको बताए ।

उनले भने, ‘मैले बारम्बार भनेको छु, आउनुस् कहाँ बहस गर्ने ? हामी तयार छौँ । तर, भन्दिएको भरमा फलना युरोपियनले चलाएको, इन्डियनले चलाको रे, अमेरिकनले चलाएको रे भन्दिएको भरमा हुन्छ । आफ्नो पार्टी कार्यालयमा विदेशी नेताको फोटो र तस्बिर टाँसेर, आफ्नो दलको नाम विदेशी नाममा राखेर, नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएका, नेपाली जनताबाहेक कसैको चन्दा, कसैको जुठोपिरो नखाने बाचा गरेर हिँडेको पार्टी विदेशीको इसारामा होइन, कसैको इसारामा चल्दैन, कसैको जुठो खाँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस