चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात, अवस्था सामान्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात, अवस्था सामान्य


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । चीन भ्रमणमा रहेका श्रेष्ठलाई गए राति नर्मल खालको हृदयघात भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठ बीआर आईसम्बन्धी एक कार्यक्रममा सहभागी हुन केही दिनअघि चीन गएका थिए । उनको छातीमा समस्या भएपछि अस्पताल लगिएकामा चिकित्सकले सामान्य ‘हर्ट अट्याक’ भएको बताएका थिए । श्रेष्ठको बेइजिङस्थित ‘पेकिङ युनिभर्सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर’ मा उपचार भइरहेको छ ।

श्रेष्ठको अवस्था सामान्य रहेको बताइएको छ । तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बेइजिङ पुगेका श्रेष्ठ शुक्रबार नेपाल फर्किने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस