डोजरको ठक्करबाट एक वृद्धको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डोजरको ठक्करबाट एक वृद्धको मृत्यु


२ कार्तिक २०८०, बिहिबार


गुल्मी । गुल्मीमा डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका-१४ का ९२ वर्षका कृष्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

तम्घासबाट पराल्मी जाने कच्ची सडकको टापु भन्ने स्थानमा लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्री सुनारलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले डोजर चालक पाल्पा जिल्ला माथागढी गाउँपालिका(७ रतवास बस्ने २९ वर्षका कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस