पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस