माधव नेपाललाई कमल थापाको खुला पत्र-जनमत सङ्ग्रहमा जाने हिम्मत छ ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माधव नेपाललाई कमल थापाको खुला पत्र-जनमत सङ्ग्रहमा जाने हिम्मत छ ?


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई हिन्दूराष्ट्र एवम् गणतन्त्रका विषयमा जनमत सङ्ग्रहमा जाने हिम्मत छ भनी प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाललाई खुलापत्र लेख्दै नेपालले राजालाई चुनावमा लड्न आउ भनेको समाचारप्रति इङ्गित गर्दै यस्तो बताएका हुन् ।

‘हिन्दुराष्ट्र वा धर्मनिरपेक्षता, राजसंस्था वा गणतन्त्र र सङ्घीयता वा अखण्ड नेपाल मध्य के राख्ने भन्नेबारे जनमत सङ्ग्रह गरौँ’, उनले लेखेका फेसबुकमा लेखेका छन्, ‘सधैँको लागि यो विवादको छिनोफानो गरौँ। वर्तमान संविधानमा पनि जनमत सङ्ग्रहको प्रावधान छ । तपाईँ स्वयं सत्तारुढ गठबन्धनको प्रमुख नेता हुनुहुन्छ । सक्नुहुन्छ हुन्छ जनमत सङ्ग्रह गर्न ? यो राजावादीको तर्फबाट तपाईँलाई चुनौती भयो माधव जी ।’

Tags :
प्रतिक्रिया दिनुहोस