निगमद्वारा नागरिक लगानी र कर्मचारी सञ्चय कोषको ५३ करोड ऋण भुक्तानी  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

निगमद्वारा नागरिक लगानी र कर्मचारी सञ्चय कोषको ५३ करोड ऋण भुक्तानी 


१ कार्तिक २०८०, बुधबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । नेपाल वायुसेवा निगमले ५३ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई कुल ऋण भुक्तानी गरेको हो । 

निगमका अनुसार न्यारोबढी जहाजको असोज महिनाको पूरा किस्ता र वाइडबडी जहाजको आंशिक गरी ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो ।

निगमले यसअघि असारसम्मको तीन अर्ब ७७ करोड ३८ लाख २१ हजार २२५ रुपैयाँ किस्ता भुक्तानी गरेको थियो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारोबढी र दुई वाइडबडी जहाज खरिद गर्न ऋण लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस