२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसले भन्यो-कोशीमा विद्रोह गरेर कुनै बहादुरी भएको छैन, विश्वास मत भने दिन्छौँ 

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनकै सरकार बनाइदिएकोमा नेकपा (एमाले) लाई धन्यवाद दिएका छन्।

नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको प्रस्ताव पेश गरेपछि छलफलमा भाग लिएका राईले ४७ जना सांसदको समर्थनमा रहेको सरकार ढालेर ४७ जना नै बोकेर एमाले सरकार बनाउन लागेको बताए।

‘कोशीमा गठबन्धन सरकार बनाउन सकस थियो। गठबन्धन सरकार बनाइदिएकोमा एमालेलाई धन्यवाद,’ प्रदेश सभामा बोल्दै उनले भने, ‘अनेक बहाना गरेर बहुमतको सरकार टिक्न र चल्न नदिने ? ४७ जना बोकेर सरकार बनाउन लाग्नु कति नैतिक हो ?’

उनले मुख्यमन्त्री कार्कीलाई लक्षित गर्दै कुनै बहादुरी नगरेको पनि बताए। ‘विद्रोह गरेर कुनै बहादुरी भएको छैन,’ उनले भने। उनले अहिले बनेको गठबन्धन अस्वभाविक भएको पनि बताए। 

‘सिद्धान्ततस् हामीले अहिले समर्थन गर्न नमिल्ने हो,’ उनले भने, ‘तर हामी मत दिन्छौँ, गठबन्धनले निर्णय नै गरिसकेको छ।’ गठबन्धनकै सरकार बन्छ भन्ने शङ्काको सुविधासहित मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने उनले बताए।

प्रतिक्रिया दिनुहोस