युएईलाई चौथो झड्का, गुल्सन लिए दुई विकेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

युएईलाई चौथो झड्का, गुल्सन लिए दुई विकेट


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । त्रिदेशीय टी-२० सिरिजअन्तर्गत युएईविरुद्ध नेपालले ४ विकेट लिएको छ।

नेपालका लागि तेस्रो र चौथो विकेट गुल्सन झाले लिएका छन्। टी-२० मा आफ्नो पहिलो विकेट लिएका उनले आफ्नो बलिङको पहिलो बलमै युएईका कप्तान मोहमद वासीमलाई १७ रनमा आउट गरे।

यस्तै गुल्सनले ८.४ ओभरमा युएईका आसिफ खानलाज्ञ १५ रनमा आउट गरे।

त्यसअघि मुलपानी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले ३.१ ओभरमा सुरुवाती दुई विकेट गुमाएको थियो।

ओपनर खालिद शाहलाई शून्यमा सोमपाल कामीले रोहित पौडेलबाट पहिलो ओभरको अन्तिम बलमा क्याच गराए।

यस्तै अलिशान शाराफुलाई ६ रनमा करण केसीले विकेटकिपर आसिफ शेखबाट क्याच गराए।

Tags :
प्रतिक्रिया दिनुहोस