इजरायलबाट उद्धार गरिएका ७ जना महेन्द्रनगर आइपुगे « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इजरायलबाट उद्धार गरिएका ७ जना महेन्द्रनगर आइपुगे


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । इजरायलबाट उद्धारमार्फत दिल्ली आएका नेपालीहरू बुधबार बिहान महेन्द्रनगर आइपुगेका छन् । दिल्ली आएका १८ मध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर आइपुगेका हुन् ।

दिल्लीस्थित नेपाली दूतावासले उनीहरूलाई सवारी साधनको व्यवस्थासहित घर पठाएको हो । बुधबार महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौँका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेका छन् ।

नेपाली दूतावाससँग सहकार्य गरेर दिल्लीमा यातायात व्यवसाय गरिरहेका वीरबहादुर बोहोरा उद्धार गरिएका नेपाली लिएर महेन्द्रनगर आएका थिए । १८ जनामध्ये अन्य दिल्लीबाट जहाजमार्फत काठमाडौं हुँदै आ-आफ्ना घर फर्किनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस