दसैँ सुरु भएसँगै साल्ट ट‍्रेडिङमा चिनी किन्नेको भिड « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

दसैँ सुरु भएसँगै साल्ट ट‍्रेडिङमा चिनी किन्नेको भिड


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । दसैँ सुरु भएसँगै जावलाखेलमा रहेको साल्ट ट्रेडिङमा खाद्यान्न किन्नेको लाइन लागेको छ।

सुपथ मूल्यमा खाद्यान्न किन्न सर्वसाधारणहरूको भिड दागेको हो । बिहानै देखि त्यहाँ लाइन लाग्ने गरेको छ।

अन्य खाद्यान्न पाए पनि चिनीको भने बजारमा अभाव छ। अभावका कारण पनि चिनी किन्न मानिसहरू कुरिरहेका हुन्।

ट्रेडिङले प्रतिव्यक्ति चिनी दुई किलो मात्रै दिइरहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैँ-तिहारलाई चिनी अभाव हुन नदिने बताएको थियो। सरकारले भारतबाट चिनी मगाएको थियो। सरकारको स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०/१० हजार टन चिनी ल्याउन अनुमति पाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस