१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर एक लाख १३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी तोलाको एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस