काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन्।
जलवायु संवादका लागि बुधबार बिहान मुस्ताङ पुगेका प्रचण्डले उक्त क्षेत्रको अवलोकन गरेका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन र जनतासँग अन्तरक्रिया गर्नेछन्।