सङ्घीयतापछि पहिलो पटक बझाङले पायो जनस्वास्थ्य अधिकृत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सङ्घीयतापछि पहिलो पटक बझाङले पायो जनस्वास्थ्य अधिकृत


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । देशमा सङ्घीयतापछि बझाङले पहिलो पटक जनस्वास्थ्य अधिकृत पाएको छ । लामो समयदेखि स्वास्थ्य कार्यालय निमित्तको भरमा सञ्चालन हुँदै आएको थियो । 

आज मङ्गलवारदेखि जनस्वास्थ्य अधिकृत लालबहादुर धामीले पदभार ग्रहण गरेका जिल्ला अस्पताल बझाङका प्रमुख मेसु नवराज जोशीले जानकारी दिए । 

लामो समयदेखि कैलाली स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य अधिकृतको पदमा रहेका धामीलाई आज स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिले भव्य स्वागत गरेका छन् । धामीकै कार्यकालमा सुदूरपश्चिम प्रदेशभरि रहेका स्वास्थ्य कार्यालयमध्ये कैलाली स्वास्थ्य कार्यालय पहिलो भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस