२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘धुन्धुकारि ओलीले घटाएको दुर्घटनाले यो गठबन्धन बनेको हो’ : घनश्याम भुसाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देशमा समाजवाद आफ्नो पार्टीले मात्रै ल्याउन सक्ने दाबी गरेका छन् । 

नेकपा एस सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय पुँजीको विकास गर्ने कुरामा पनि आफूहरू केन्द्रित हुने बताए ।

उनले भने, ‘समाजवाद मात्रै होइन आजको राष्ट्रिय पुँजीको विकास गर्ने कुरामा हामी, हाम्रो कार्यक्रम राजनीतिक शक्ति केन्द्रित गरौँ भन्ने निष्कर्षमा पुग्यौँ र अहिले हामीले मेची महाकाली अभियान गर्‍यौँ हामीले सबैलाई समेटेर सभामा मात्रै नभएर अलग अलग पनि भेट्यौँ । सामान्यतः अभियान राम्रो भयो । धेरै राम्रो भयो । हामीले क्रमशः के भनेका छौँ भने यो कार्यक्रममा हाम्रो एजेन्डामा आउनेहरूसँग एकता हुन्छ । नआउनेसँग एकता हुँदैन । कुनैदिन काँग्रेससँग हाम्रो यसैमा पर्न सक्छ । हामीले चन्द्र, सूर्य रहेसम्म काँग्रेससँगै जान्छौँ भनेका छैनौँ ।’

उनले काँग्रेससँग मिलेर समाजवाद आउँछ भन्ने पक्षमा आफूहरू नरहेको प्रष्ट पारे ।

उनले भने, ‘धुन्धुकारि ओलीले घटाएको दुर्घटनाको कारणले यो गठबन्धन बनेको हो । समाजवादी मोर्चा पनि त्यही हो । यो ओरेन्टेसन समाजवादी मोर्चाले लिँदैन भने हामीलाई किन चाहियो रु प्रदेश स्तरको भेला गरेर भाषण गर्नको लागि किन चाहियो रु काँग्रेससँगको गठबन्धन पनि हामी यही आधारमा हेर्छौँ । तर, अहिले उत्ताउलो भएर आजै छोडिहाल्नुपर्छ यो प्रधान शत्रुसँग हामी मिल्नुहुन्न भन्ने हिसाबले अघि बढ्दैनौँ ।’

एमालेले ओली गुटको कब्जामा रहेसम्म दक्षिणपन्थीकै सेवा गर्ने आरोप लगाए ।

उनले भने, ‘आजको अवस्थामा ओली गुटले कब्जामा भएसम्म दक्षिणपन्थीकै सेवा गर्छ । अहिले एमालेको मुद्दा के छ हेर्नुस् त ? उम्मेदवारमा लडेका छन् । केका लागि लडेको भन्दा अड्रमा को बस्ने भनेर हेर्नुस् त ।’

प्रतिक्रिया दिनुहोस