पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै र तराईका एक दुई स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस