प्रधानमन्त्रीले गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीले गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गर्ने


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूलाई भोलिदेखि नागरिकता वितरणको शुभारम्भ गर्ने भएका छन् ।   

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

भोलिबाटै गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस