समाजवादी मोर्चा बनाउँदा कतिपय पार्टीको सातो गयो : माधव नेपाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

समाजवादी मोर्चा बनाउँदा कतिपय पार्टीको सातो गयो : माधव नेपाल


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले समाजवादी मोर्चा तयार गर्दा केही पार्टीको सातो गएको टिप्पणी गरेका छन् ।

कैलालीको धनगढीमा आयोजना गरिएको समाजवादी मोर्चाको सन्देश सभामा अध्यक्ष नेपालले चार दल एक ठाउँमा आएर समाजवादी मोर्चा तयार गर्दा देशमा तरङ्ग सृजना भएको र अन्य पार्टीको सातो गएको टिप्पणी गरेका हुन् । उनले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले समाजवादी मोर्चा गठन गरिएको स्पष्ट पारे ।

‘हामी चार दल बनेर समाजवादी मोर्चा बनाएका छौँ कतिपय पार्टीको सातो गएको छ’ उनले भने ‘सातो जानु पर्दैन सातो आए हुन्छ ।’ समाजवादी मोर्चाको सन्देश सभा कैलालीको धनगढीबाट टुङ्गिँदै छ । यस अघि अन्य ६ प्रदेशमा यो सभा भइसकेको छ । अध्यक्ष नेपालले पहिलो चरणमा सन्देश सभा सम्पन्न भएपनि यस पछि जिल्लास्तर सम्म यस्तो अभियान सुरु गर्ने जनाए ।

देशमा रोजगारी नभएर विदेश जानेहरूको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै सरकार यो विषयमा गम्भीर बन्नु पर्नेमा नेपालको जोड थियो । ‘युवाहरू विदेशमा भौँतारिरहेका छन् । घर घरमा बुढापाकाहरू मात्रै छन् । देशमा रोजगारी छैन’, उनले भने ।

देशी विदेशी शक्तिहरूबाट जोगिए देशको स्वाधीनता रक्षा गर्नु पर्ने आजको आवश्यकता गरेको नेपालले बताए । उनले अहिले गठबन्धनको विकल्प नभएको बताए । गठबन्धनको सरकार पाँच वर्षसम्म चल्ने नेपालको दाबी थियो । उनले समाजवादी मोर्चा गठन पनि काँग्रेस रुष्ट नभएर खुशी भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस