मदन र जगदम्बाश्री पुरस्कार अर्पण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मदन र जगदम्बाश्री पुरस्कार अर्पण


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । २०७९ सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार सोमबार अर्पण गरिएको छ।

ललितपुरमा भएको कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ऐँठनका लेखक विवेक ओझालाई मदन पुरस्कार र टेकवीर मुखियालाई जगदम्बाश्री पुरस्कार प्रदान गरेका हुन्।

मदन पुरस्कार र जगदम्बाश्री दुवै पुरस्कारको राशि चार(चार लाख रुपैयाँ छ।

पहिलो उपन्यास ‘ऐलानी’पछि ओझाले दोस्रो कृति ‘ऐँठन’ ल्याएका हुन्। अर्का पुरस्कृत व्यक्तित्व मुखियाले थुप्रै पेन्टिङ बनाउनुका साथै पुस्तकहरूको कभर र बालपुस्तकहरुमा चित्रकथा कोरेका छन्। संघीय संसदको लोगोको डिजाइन पनि उनैले गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस