इजरायलमा मृत्यु भएका ५ जना नेपालीको शव ल्याउने तयारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

इजरायलमा मृत्यु भएका ५ जना नेपालीको शव ल्याउने तयारी


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन्।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये ५ जनाको पोस्टमार्टम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी दिए।

मृतक अन्य ५ को भने परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने उनले बताए।

हराएका विद्यार्थीका बारेमा इजरायलसँग समन्वय गरेर खोजी भइरहेको उनले बताए । उनले सरकारले बेपत्ताको खोजी कार्यलाई तीव्र पारिएको पनि जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस