देश जोगाउन सङ्घीयता खारेज गर्नुपर्छ : भीम रावल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

देश जोगाउन सङ्घीयता खारेज गर्नुपर्छ : भीम रावल


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले देश जोगाउन सङ्घीयता खारेज गर्नुपर्ने बताएका छन्।

नेता रावलले राजनीतिक दलहरूको सत्ता स्वार्थको कुरूप चरित्र पछिल्लो समय कोशी प्रदेशमा देखिएको भन्दै सङ्घीयताको मानक यही हो भने देश जोगाउन सङ्घीयता खारेज गर्नुपर्ने बताएका हुन्।

साथै नेपाली भूमि कालापानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा मौन रहेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन्।

‘नेपाली भू-भाग कालापानीमा भारतीय प्रमको नाङ्गो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोशी प्रदेशमा देखियो, यदि यही नै सङ्घीयताको मानक हो भने यस्तो सङ्घीयता देश जोगाउन खारेज गरिनु पर्छ,’ रावलले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस