यसरी हेर्न सकिन्छ त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यसरी हेर्न सकिन्छ त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण 


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ ।

सबै खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने भएको हो । 

नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार नेपाल, युएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी-२० आई क्रिकेट शृङ्खला कात्तिक १ गतेदेखि सुरु हुने छ र प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुने छ ।

सहभागी टिमले डबल राउण्ड रोबिन लिग खेल्ने छन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।

कात्तिक १३ गतेदेखि काठमाडौं मै हुने आइसिसी टी-२० विश्वकप एसिया छनोटको तयारीस्वरुप क्यानले यो सिरिज गर्न लागेको आयोजक क्यानले जनाएको छ । 

नेपालले पहिलो खेल कात्तिक १ गते युएईसँग खेल्ने छ । यस्तै कात्तिक २ गते नेपाल र हङकङको खेल हुने छ ।

कात्तिक ४ गते फूलपातीका दिन दिन नेपाल हङकङबीचको दोस्रो खेल हुने छ भने कात्तिक ६ गते नवमीका दिन युएई र नेपालको खेल हुने छ । फाइनल खेल भने १० गते हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस