‘प्रचण्ड’ सरकार ढाल्न धेरै चुरीफुरी नगर्नुस्, खुट्टी हामीले देखिसकेका छौँ : माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘प्रचण्ड’ सरकार ढाल्न धेरै चुरीफुरी नगर्नुस्, खुट्टी हामीले देखिसकेका छौँ : माधव नेपाल


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनको सरकार तलमाथि नहुने दाबी गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार कसैले ढाल्न नसक्ने बताएका छन् ।

सुर्खेतमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले भने, ‘कतिपयलाई लागेको होला, यो गठबन्धन सरकार टिक्छ कि टिक्दैन भन्ने । कोशी प्रदेशमा नयाँ समस्या खडा भयो । त्यसले यो सरकारमाथि आशङ्का उठेको हुनसक्छ । यो सरकारलाई कसैले ढाल्न सक्दैन । कसैले जतिसुकै फुर्ती देखाए पनि यो फुर्ती चल्ने वाला छैन । किनभने हामी छौँ । हाम्रो पार्टीले राजनीतिक कोर्स चेन्ज गरिदिएको छ ।’

उनले एमालेलाई लक्षित गर्दै थपे, ‘आफूलाई ठूला भन्ने दलहरुलाई पनि हामीले देखाइदिएका छौँ । चुरीफुरी धेरै नगर्नुस् तपाईँहरूको खुट्टी हामीले देखिसकेका छौँ । के गर्न सक्नुहुन्छ, के गर्न सक्नुहुन्न हामीलाई थाहा छ ।’

देशलाई सही दिशा दिन गठबन्धन बनाएको उनले बताए । नेता नेपालले अहिले जनतामा विरोधीहरूले सबै पार्टी एउटै भन्ने भ्रम फैलाइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस