२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस कार्यकर्ता आक्रोशित भएपछि मध्यावधि रोक्न विद्रोहीलाई कोशीमा समर्थन : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि गराएर देशको अनावश्यक खर्च जोगाउन विद्रोही काँग्रेसलाई समर्थन गरेको जनाएका छन् ।

आइतबार प्युठानको विजवार जरुमीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशीमा काँग्रेसमा आएको विद्रोहले गठबन्धनलाई धक्का दिएको बताए ।

‘तेस्रो भएको माओवादीलाई जताततै बोकेर हिँडेपछि सबैतिर काँग्रेसका नेता कार्यकर्ता आक्रोशित छन्, अति भएर कोशी प्रदेशमा काँग्रेसका केही साथीहरूले विद्रोह गर्नुभएको हो, काँग्रेसका नेताहरुले प्रचण्डले भनेको मात्रै गरेपछि यस्तो भएको हो, ८ सीटका पछि काँग्रेसको ह्विप लागेपनि केही सांसदले विद्रोह गर्नुभयो’, ओलीले भने । उनले एमाले मध्यावधिमा जान तयार भए पनि, एमालेलाई मध्यावधिले फाइदा हुने भएपनि चुनावका लागि हुने देशको ठूलो खर्च रोक्न, मध्यावधिमा जान नदिन काँग्रेसको विद्रोहलाई समर्थन गरेको प्रस्ट्याए ।

उनले केन्द्र र प्रदेशमा सत्ताका लागि भएको अपवित्र गठबन्धनको सबैतिर सङ्घीयताको वितृष्णा जगाएको बताए । ‘कोशीमा हेर्नुस् कति पटक किर्ते गरे, कति प्रदेशमा भागवण्डा पुर्‍याउन मन्त्रालय थपे, को को लाई कानुन विपरीत नियुक्त गरे, अनि यो प्रणालीमाथि वितृष्णा फैलिँदै गएको हो, यो सत्तारुढ गठबन्धनकै कारण भएको हो’, ओलीले भने ।

अध्यक्ष ओलीले अब एमाले सुदृढ भएको र गठबन्धनको पक्षमा नरहेको बताउँदै २०८४ को निर्वाचनमा ५१ प्रतिशत वडादेखि संसद्सम्म ल्याउनेगरी अभियानमा लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस