विश्वकप क्रिकेट : भारतले पाकिस्तानलाई ७ विकेटले हरायो  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्वकप क्रिकेट : भारतले पाकिस्तानलाई ७ विकेटले हरायो 


२७ आश्विन २०८०, शनिबार


काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतसँगले पाकिस्तानलाई ७ विकेटले हराएको छ ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानले दिएको १ सय ९२ रनको लक्ष्य भारतले   ओभरमा मात्रै ३ विकेट गुमाएर भेटायो ।

भारतका लागि रोहित शर्माले ८६ रन बनाए । यसअघि   भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ९१ र रन बनायो । उसका लागि  कप्तान बाबर आजमले ५० रन बनाए ।

यस्तै, मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह सफिकले २० र हसन अलीले १२ रन बनाए । एक सय ५५ रन बनाउँदासम्म पाकिस्तानको दुई विकेट मात्रै गुमेको थियो ।

बाँकी ३६ रन बनाउँदा उसका सबै खेलाडी आउट भए । भारतका जसप्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २÷२ विकेट लिए ।

यो विश्वकपमा भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् ।

भारत एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन । यी दुई देशबीच विश्वकपमा आजसम्म ८ खेल भएकोमा सबै खेल भारतले जितेको छ । 

तर पाकिस्तानले टी–२० विश्वकप क्रिकेटमा भने भारतलाई हराएको छ । सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो ।

टी–२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ६ र पाकिस्तान १ खेलमा मात्रै विजयी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस