काँग्रेसको रुपन्देही-२ सभापतिमा संस्थापन समूहका प्रजापाल गिरी विजयी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेसको रुपन्देही-२ सभापतिमा संस्थापन समूहका प्रजापाल गिरी विजयी


२७ आश्विन २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापतिमा संस्थापन समूहका प्रजापाल गिरी निर्वाचित भएका छन् ।

शनिबार भएको क्षेत्रीय सभापति र सहसचिवको निर्वाचनमा गिरी ३४६ मतका साथ सभापतिमा निर्वाचित भएका हुन् । यसअघि यो क्षेत्रमा संस्थापन इतरले जित्दै आएको थियो । गिरीका प्रतिस्पर्धी संस्थापन इतरका परशुराम ढकालले २४५ मत पाए ।

सहसचिवमा भने संस्थापन इतरकी संगीता गौतम अर्याल २९७ मतका साथ विजयी भइन् । संस्थापन पक्षका विष्णु चापागाईँले २८९ मत पाएर पराजित भए । ६७४ जना मतदाता रहेकामा ६१३ जनाले मतदान गरेका प्रमुख निर्वाचन आयुक्त रविकुमार रायमाझीले बताए ।

यसअघिका सभापति हरि लम्सालले बुटवल उपमहानगरपालिकाको स्थानीय चुनावमा नगर सभापति खेलराज पाण्डेले आफ्नै नाम उम्मेदवार सिफारिस गरेकोप्रति असहमति जनाउँदै पार्टी परित्याग गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस