मनाङ एयरको एओसी निलम्बन, हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मनाङ एयरको एओसी निलम्बन, हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन


२७ आश्विन २०८०, शनिबार


काठमाडौँ ।  नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको एयर अपरेसन सर्टिफिकेट(एओसी) निलम्बन गरेको छ ।

आज बिहान मनाङ एयरको नाइन एन-एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएपछि अर्को सूचना जारी नभएसम्मका लागि मनाङ एअरको एओसी निलम्बन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न ४ सदस्यीय कमिटी समेत गठन गरेको छ ।

मनाङ एयरको हेलिकप्टर बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो । बिहान ७ः१३ मिनेटमा रुम्झाटारबाट लुक्लाका लागि उडेको ९एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको थियो ।

हेलिकप्टरमा यात्रु थिएनन् भने पाइलट प्रकाश सेढाई घाइते भएका थिए । हेलिकप्टर लोबुचेमा ल्यान्ड गर्ने क्रममा पल्टिएको मनाङ एयरको भनाई छ । यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर असार २६ गते दुर्घटना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस