डोटीमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोटीमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम


२६ आश्विन २०८०, शुक्रबार


 डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले लागु औषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । 

प्रशासन कार्यालयले बिहीबार पुर्बिचौकी गाउँपालिका वडा नम्बर १ अन्तरगत रहेको शाजेन्द्रेश्वर माध्यामीक विद्यालयमा कार्यक्रमको आयोजना गरेको हो । 

विद्यार्थीहरूलाई लागु औषध सम्बन्धी जानकारी गराई आफू, आफ्नो घरपरिवार र समाजलाई सुरक्षित राख्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । पछिल्लो समयमा लागु पर्दाथ दुर्व्यसनीको प्रयोग बढिरहेको अवस्थामा यसबाट बच्न आम नागरिकलाई सचेतना फैलाउन आवश्यक रहेको समेत प्रजिअ अर्यालले बताए । 

कार्यक्रममा लागु औषध नियन्त्रणका साथै समाजको समग्र विकासको अवस्था, शान्ति सुरक्षा, शैक्षिक गुणस्तरको लगाएका सामाजिक सवालहरूका बारेमा छलफल भएको प्रजिअ अर्यालले बताए । 

डोटी जिल्लामा लागु पदार्थ दुर्व्यसनीका घटनाहरू कम मात्रामा देखिएपनी मदिरा अलि समस्याको रूपमा रहेको भए पनि मदिरा लगायत, लागु औषध नियन्त्रणको विषयमा जिल्लाका स्थानीयतहहरु सँग समन्वय गरी जिल्लाका विभिन्न स्थानहरूमा सचेतना मूलक कार्यक्रमलाई अगाडी बढाइने समेत प्रजिअ अर्यालले बताए । 

बिहीबार शाजेन्द्रेश्वर माविमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, र स्थानीयको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस