महेश बस्नेत जाने कार्यक्रम दुर्गा प्रसाईँका कार्यकर्ताले बिथोल्न खोज्दा तनाव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महेश बस्नेत जाने कार्यक्रम दुर्गा प्रसाईँका कार्यकर्ताले बिथोल्न खोज्दा तनाव


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । झापाको अर्जुनधारामा कार्यक्रम गर्न खोज्दा तनाव सिर्जना भएको छ ।

नेकपा एमालेका नेता महेश बस्नेतलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्न खोज्दा तनाव सिर्जना भएको हो ।

बस्नेतलाई झापा आउने थाहा पाएपछि व्यवसायी दुर्गा प्रसाईँ पनि त्यहाँ पुगेका थिए । त्यसपछि प्रसाईँका कार्यकर्ता र कोशी प्रदेश नामाङ्कनमा विरोध जनाइरहेकाहरूले कार्यक्रम बिथोल्ने प्रयास गर्दा तनावको स्थिति सिर्जना भएको हो ।

झापा प्रहरीका अनुसार, परिस्थिति बिग्रिन नदिन प्रहरीले विभिन्न ठाउँमा विरोधका लागि निस्किएकाहरुलाई रोकेको थियो । त्यसक्रममा लाठी चार्ज र दुई राउण्ड अश्रुग्याँस समेत प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।

प्रहरीसँग घम्साघम्सी भएपछि विरोधका लागि निस्किएकाहरू एमालेको कार्यक्रम स्थलसम्म पुग्न नपाएको बताइएको छ । तर, कार्यक्रम स्थल आसपास पार्क गरेर राखिएका गाडीहरूमा तोडफोड गरेका छन् ।

इलाका प्रहरी कार्यालय, अनारमनीले तोडफोडमा संलग्न रहेको आशङ्कामा एक जना शङ्कास्पदलाई नियन्त्रणमा लिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस