२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखा समितिले सञ्चालक समितिको निगरानीमा बसेर काम गर्नुपर्छ : रजिष्ट्रार घिमिरे

अ+ अ-

काठमाडौँ । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सहकारीमा विभिन्न जोखिम रहेकाले त्यसलाई न्यूनीकरण गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

सहकारी बैंकले आयोजना गरेको गोष्ठीमा ‘सहकारी सञ्चालन एवं अनुपालना जोखिम: मापन ता व्यवस्थापन रणनीति’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले जोखिमलाई अवसरको रूपमा लिएर अगाडी बढ्न सके उचाइ समेत प्राप्त गर्न सक्ने बताए । सहकारीमा विशेषतः कर्जा, तरलता, सञ्चालन, प्राविधिक, ब्याजदर, लगानी, साख र अनुपालना जस्ता जोखिम रहेको उनले उल्लेख गरे ।

त्यसैगरी सदस्यको निष्क्रियता, कमजोर व्यवस्थापन, फितलो सुशासन, दक्ष जनशक्तिको कमी, स्पष्ट योजनाको अभाव, फितलो अनुगमन, कमजोर वित्तीय व्यवस्थापन र सुशासन सहकारी सञ्चालन तथा अनुपालनाको जोखिम रहेको उनले बताए । सहकारीमा समस्या आउनुमा सदस्यको न्यून सहभागिता पनि मुख्य कारण रहेको उनको भनाई छ । सदस्यसँग भन्दा पनि गैर सदस्यसँग कारोबार गर्दा सहकारीमा समस्या आएको भन्दै ऐन, नियमको परिपालना गरे समस्या नै नआउने उनको दाबी छ ।

आन्तरिक नियन्त्रण प्रणाली कस्तो छ, त्यसको उपलब्धता र प्रयोगले पनि जोखिमलाई न्यूनीकरण गर्ने भन्दै रजिष्ट्रार घिमिरेले संस्थामा लेखा समितिको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । लेखा समितिले कार्यविधि बनाई त्यसको कार्यान्वयन र अद्यावधिक गर्दै जान सके जोखिमलाई न्यूनीकरण गर्न सकिने उनको भनाई छ । लेखा समिति सहकारी संस्था भित्रको नियामक रहेकाले सञ्चालक समितिसँग मिलेर नभई निगरानीमा बसेर काम गर्न सके जोखिम न्यूनीकरण गर्न सकिने उनले जनाए ।

सहकारी संस्थाले समय समयमा जोखिम पहिचान गरी त्यसका लागि नीति, कार्यविधि बनाएर लागू गर्न सके जोखिमलाई नियन्त्रणमा राख्न सकिने घिमिरेले उल्लेख गरे । आन्तरिक नियन्त्रण प्रणालीको औजारहरूलाई प्रभावकारी कार्यान्वयन गर्न सके संस्थालाई दिगो बनाई निरन्तर सञ्चालन गर्न सकिने घिमिरेको भनाई छ ।

घिमिरेको कार्यपत्रमाथि टिप्पणी गर्दै सहकारी विभागका पूर्व रजिष्ट्रार डा. टोकराज पाण्डेले समाजमा सहकारीको छवि निमार्ण गर्न नसक्नु अहिलेको मुख्य जोखिम रहेको बताए । सहकारी सदस्य केन्द्रीयतामा चल्ने व्यवसाय भएपनि गैर सदस्यसँग कारोबार गर्दा सहकारीमा समस्या आएको उनको तर्क छ । सहकारीमा बचत फिर्ता नै अहिलेको मुख्य समस्या भएको र त्यसलाई कसरी पार लगाउन सकिन्छ भनेर अभियानले सोच्नुपर्ने पाण्डेले बताए । सहकारीमा पदाधिकारीको लालचाले गर्दा धेरै संस्था खुलेको भन्दै पाण्डेले सहकारीको संख्या अनुसार क्षमता भने वृद्धि नभएको जनाए ।

प्रतिक्रिया दिनुहोस