लगानी सुरक्षा राज्यको दायित्व हो : रवि लामिछाने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

लगानी सुरक्षा राज्यको दायित्व हो : रवि लामिछाने


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगानीको सुरक्षाको जिम्मा राज्यको भएको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली सङ्घबिचको अन्तरक्रियामा उनले आफ्नो लगानीको सुरक्षाका लागि कुनै नेताको पछि लाग्नु पर्ने अवस्था आउनु दुखद भएको उनको उनको भनाई छ ।

‘भोली तपाईँहरूले लगानी गर्दा तपाईँलाई सुरक्षा दिने काम राज्यको नीतिको हो कुनै नेताको हैन । कुनै नेताले तपाईँलाई संरक्षण दिनुपर्ने बाध्यता नबनोस् । देशले लिएको नीतिले तपाईँहरूलाई संरक्षण गरोस् । ’

उनले सहि नियत नीति र नेतृत्व बनाएर काम गर्नुपर्ने बताए । एनआरएनको लगानी नेपालमा ल्याउनको निम्ति जे गर्नुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टी तयार रहेको उनको भनाई छ ।

उल्टो धारो बग्नु हुँदैन विभिन्न राजनीतिक दलहरूमा धाउने प्रवृत्तिको अन्त्य गर्नु पर्ने उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस