इजरायलबाट स्वदेश फर्किइन् सावित्रा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इजरायलबाट स्वदेश फर्किइन् सावित्रा


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । इजरायल पुगेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन् ।

व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी साम्बा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् ।

अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । त्यसैले सावित्रा घर फर्किएकी हुन् ।

चीनको हाङझाउमा भएको एसियाली खेलकुद (एसियाड) मा भाग लिएर स्वदेश फर्के लगत्तै साम्बा इजरायल गएकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस