फिफा विश्वकप छनोट : आज नेपाल र लाओस खेल्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

फिफा विश्वकप छनोट : आज नेपाल र लाओस खेल्दै


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ ।

यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरणको क्वालिफायर समूह चरणको ढाँचामा हुनेछ ।

यसअघि हिजो लाओससँग खेल्ने नेपाली टोलीको घोषणा भएको थियो । जसमा २३ सदस्यीय टोली घोषणा भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस